बस दुर्घटनामा २ को मृत्यु,२८ घाइते




अर्घाखाँची, श्रावण १७ - बुटवलबाट नेपालजञ्ज जाँदै गरेको यात्रुबाहक बस अर्घाखाँचीको जलुकोमा बुधबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २८ यात्रु घाइते भएका छन् ।
दाङको भालुवाङ्ग र अर्घाखाँचीको सिमाना जलुकेको झुल्केमा ना २ ख ९८५९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बसका सहचालक र एक यात्रु रहेका छन् । नाम ठेगाना खुल्न सकेको छैन । विकट ठाउँ र जंगल क्षेत्रमा दुघटना भएकाले थप विवरण आउन वाँकी छ ।