२०६९ साल श्रावण १८ गते,बिहिबार 02-Aug-2012,Thus



मेष (चू चे चो ला ली लु ले लो अ)
भोज तथा सामाजिक कार्यमा उपस्थित हुनुपर्ला। तपाईको प्रशंसा सुन्नमा आउनेछ। मख्ख नपर्नु भए राम्रो।


वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
राम्रो दिन छ। मिष्ठान्न भोजन मिल्ने छ। पारिवारिक सम्बन्ध बिस्तारै हुनेछ। समाजिक आर्थिक कार्यक्रम सम्पन्न होला।


मिथुन (का कि कु घ ङ छ के को हा)
कानुनी क्षेत्रमा लाग्ने बेला यही हो। सानातिना प्रतिस्पर्धामा सफलता हात लाग्नेछ।


कर्कट (ही हु हे हो डा डि डु डे डो)
भवन तथा जग्जा सम्बन्धी कारोबार हुनेछ। गरिराखेको पेशाबाटै जीवन यापनको लागि समय थुप्रने छ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
नोकरीमा केहि राहत मिल्नेछ। आर्थिक लाभका अवसर आइरहने छन्। यस समयलाई उचित मान्नु होला।


कन्या (टो प पी पु ष ण ठ पे मो)
शत्रु पराजय होलान्। फेरि पनि उनीहरुबाट अवरोध नहोला भन्न सकिन्न। समयको सदुपयोग गर्नु होला।


तुला (र री रु रे रो ता ती तू ते)
यात्राको योग छ। नयाँ र नौलो ठाउँको अनुभुति हुनेछ। पारिवारिक सहयोगबाट मन सन्तोष हुने देखिन्न।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
मेवा मिष्ठान्न तथा यस्तै प्रकारको खानपिनका परिकार मिल्नेछ। स्वास्थ्यमा अवरोध आउने सम्भावना छ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आजको दिन राम्रै छ। तपाईको घरमा धार्मिक एवं सामाजिक जग्गे उतसव आदि हुनेछ।

मकर (जो जा जी खी खू खे खो गा गी)
महत्वपूर्ण स्थानको जिम्मेवारी आइलाग्ने छ। सेवा तथा स्थान विशेषमा लाभदायक यात्रा होला।


कुम्भ (गू गे गो सा सी सु से सो द)
निर्माण तथा निर्माण व्यवसायसँग सम्बन्धी अन्य कार्यबाट आवश्यक उपलब्धि हासिल गर्न सकिनेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
वैवाहिक जीवनमा रमाइलोको अनुभूति होला। आर्थिक व्यय भए पनि राम्रै काममा ठान्नु होला। धैर्य गरे मौकामा चौका दाउ लाग्नेछ।


आजको राशि-फलले जे-जस्तो भने यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भन्ने कामना गर्दछौ ।