गैंडा गर्जिएपछि



हास्य श्रृंखला 'तीतो सत्य' मा अभिनय गर्ने निर्मल शर्मालाई अधिकांश दर्शकले 'गैंडा' उपनामले चिन्छन्। श्रृंखलामा पनि उनी यही नामबाट  स्थापित छन्। शरीर ठूलो भए पनि निर्मलको मन भने कमलो छ। निर्मललाई नजिकबाट चिन्नेहरूलाई मात्र थाहा छ, उनी कलाकार मात्र हो इनन्, चलचित्र तथा संगीतसँग सम्बन्धित अधिकांश कार्यक्रम आयोजना हुने ब्यांक्वेट क्लबका मालिक पनि हुन्। सरल स्वभावका भएकै कारण  मनोरञ्जन क्षेत्रका अधिकांश कार्यक्रमका आयोजकले कार्यक्रम आयोजना गर्न निर्मलकै क्लब रोज्छन्। यद्यपि अब यो क्रम रोकिने भएको छ।  शर्माले हालै फेसबुकमा एउटा स्ट्याटस लेख्दै आगामी दिनमा चलचित्र तथा संगीतसंग सम्बन्धित कुनै पनि कार्यक्रम आफ्नो क्लबमा आयो जना गर्न नदिने घोषणा गरे। 'सबैले मेरो ब्याङक्वेटलाई धर्मशालाजस्तो मानेकाले उक्त कदम उठाउन बाध्य भएको' निर्मलको तर्क छ। निर्मलले  कार्यक्रम आयोजना गरेर त्यसको पैसा नदिने प्रवृत्तिबाट आफू दिक्क भएको बताएका छन्। निर्मलका अनुसार कलाकारहरूले उनको करिब ८  लाख रुपैयाँ तिर्न बाँकी छ।