चलचित्रमा सनीको जीवन



बलिउडको चलचित्र 'जिस्म-२' की नायिका हुन् पोर्न स्टार सनी लियोन। चलचित्रमा उनले इज्ना नाम गरेकी युवतीको भूमिका निर्वाह गरेकी  छिन् जो पोर्न चलचित्रमा काम गर्छिन्। अघि बढ्न तथा पैसा कमाउन उनी आफ्नो शरीरको प्रयोग गर्छिन्। भनिन्छ, जिस्म-२ को कथाका  सनीको जीवनको केही अंश समावेश छ भने त्यसमा केही फिक्सन पनि छ। सनी यो चलचित्रमा अभिनय गर्न तयार हुने एउटा कारण यसमा  पोर्न स्टारको कथा समावेश हुनु पनि हो। सनीका अनुसार यो चलचित्रमार्फत भारतीय मूलका दर्शकले पोर्न स्टारका बारेमा जानकारी पाउने छन्। सनी अहिले अमेरिकामा छिन्। केही समयपछि उनी भारत आएर चलचित्रको प्रमोसनमा व्यस्त हुनेछिन्। अगस्ट ३ का दिन प्रदर्शन हुने  जिस्म-२ को बक्स अफिस रिपोर्टपछि मात्र सनीले बलिउडमा निरन्तरता दिने अथवा नदिने निर्णय गर्ने बताइन्छ।