तर्क मधुको



नेपाली कांग्रेस महासमितिसदस्य मधुकुमार श्रेष्ठ आफ्नो परिचय फराकिलो बनाउँदै छन्। अचेल उनी चलचित्रकर्मीका रूपमा स्थापित हुने  क्रममा छन्। पहिलो चलचित्र 'बजार' पछि मधुकुमार यतिबेला चलचित्र 'बिन्दास' मार्फत दर्शकमाझ आउँदैछन्। उनी 'विन्दास' का एक  कलाकारका साथै प्रस्तुतकर्ता पनि हुन्। चलचित्र आगामी भदौमा प्रदर्शन हुँदैछ। छायांकनको अवस्थादेखि नै यो चलचित्रले राम्रो चर्चा पाएको  छ तर यही चर्चा मधुकुमारका लागि समस्या पनि भएको छ। उनलाई अचेल परिवारका सदस्य तथा कांग्रेसका नेताहरूले नै 'अश्लील  चलचित्र' बनाएको भन्दै गाली गर्न थालेका छन्। मधुकुमार भने उक्त कुरा मान्न तयार छैनन्। 'विन्दास' अश्लील चलचित्र होइन,' श्रेष्ठ  भन्छन्— 'यो चलचित्रमा टिन एजरहरूको प्रेमप्रसँग समावेश छ। केही रोमान्टिक दृश्य समावेश हुनु स्वाभाविक हो तर यो चलचित्रमार्फत यौन  बेच्न खोजिएको जुन आरोप लागेको छ, त्यो सरासर गलत हो।'