पहिरिएर तिम्रो सिंदुर कती खुसि देको थिए

पहिरिएर तिम्रो सिंदुर कती खुसि देको थिए
तिम्रै माया पाए पछी बाच्ने आशा लेको थिए

सगै जिउने सगै मर्ने बाचा कसम गर्दा खेरी
भन्ने गर्थ्यौ मेरै सानु दुख सुख पर्दा फ़ेरी

सबैको नजरमा कस्तो मिल्ने जोडी भाथ्यो
स्वर्गिय आन्नद मा माया हाम्रो बढी राथ्यो

तिमी बिना सासै फ़ेर्ने गारो हुंछ भन्ने गर्थ्यो
एकै छिन नदेखे अत्यासैले मार्छ भन्ने गर्थ्यौ

यस्तो हाम्रो मायामा कुन पापीका आखा लागे
सगै जिउने मर्ने बाचा तेहि दिनबाट पाखा लागे

किन फ़ेरी बाचेकि छु आज आशुको संगालो मा
तिमी भने मोज मस्ती गर्दैछौ पराइको अंगालोमा !!
-सुशिला,