फेसन सोमा केटी



हलिउड नायिका केटी होम्सको निजी जिन्दगीमा डिभोर्सको प्रसंगले हलचल ल्याइरहेको भए पनि उनले आफूलाई व्यस्त राख्न कम्मर कसेकी  छिन्। चाँडै नै उनी आफ्नो जीवनकै पहिलो फेसन शो आयोजित गर्दैछिन्। गत सेप्टेम्बर महिनामा यी ३३ वर्षीया नायिका तथा फेसन  डिजाइनरले न्युयोर्क फेसन विकमा आफ्नो नामको ब्रान्ड होम्स एन्ड यङ शीर्षकमा प्रदर्शन गरेकी थिइन्। उक्त फेसन शोका लागि उनले  आफ्ना पुराना साथी जीन योङसँग मिलेर काम गरेकी थिइन्। यसपटक उनीहरूले रनवे कलेक्सनलाई होम्स एन्ड योङ स्पि्रङ-२०१३ शीर्षकमा  प्रदर्शन गर्ने घोषणा गरेका छन्।