शर्लिन नांगिइन् प्लेब्वायमा



बलिउडमा खासै नजमे पनि विश्वभर चर्चा कमाउने काम गरेकी छिन्, नायिका शर्लिन चोपडाले। हट मोडल पूनम पाण्डेले न्युड बडी देखाएर  तहल्का मच्चाइरहेका बेला शर्लिनले प्लेब्वाय म्यागजिनका लागि न्युड फोटोसुट गराएकी छिन्। उनी प्लेब्वायका लागि न्युड फोटोसुट गर्ने  बलिउडकै पहिलो नायिका तथा पहिलो भारतीय महिला पनि भएकी छिन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल टि्वटरमा आफ्ना उत्तेजक  तस्बिर अपलोड गर्दै आएकी शर्लिनले प्लेब्वायका सञ्चालक तथा मालिक जोशिला भएको भन्दै उनीसँगको तस्बिर पनि ट्वीटरमा पोस्ट गरेकी  छिन्। निर्वस्त्र देखिएकी शर्लिनले उक्त फोटोसुटमा आफू खुलेर प्रस्तुत भएको र त्यसबाट एक प्रकारको आनन्द प्राप्त गरेको बताएकी छिन्।  जीवनकै महत्त्वपूर्ण उपलब्धि बताउँदै शर्लिनले अमेरिकाबाट प्रकाशित हुने प्ले ब्वायको कभर गर्ल हुन पाउनुलाई सुखद मानेकी छिन्।