जति भए पनि नपुग्ने


बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरे पनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। चौबीसै घण्टा यौन  सम्पर्कका बारेमा मात्र सोच्ने ती महिलालाई यौनको प्यास नमेटिने रोग नै लागेको छ। सारा कारमेन नामकी ती महिला दिनमा कम्तीमा २  सय पटक यौन सम्पर्क गर्न चाहन्छिन्। यौन सम्पर्क गर्न नपाउँदा उनी बेचैन हुन्छिन्। चिकित्सकहरूका अनुसार ती महिलालाई परमानेन्ट  एराउजल सिन्ड्रोम भएको छ। यस किसिमको विमारी भएका व्यक्तिको यौनाङ्गमा रक्तवहाव अत्यधिक  भएका कारण यौन सम्पर्कको चाहना  तीव्र हुन्छ। साराका अनुसार आफ्नो यौन चाहना मेट्न उनी सेक्स टोय पनि प्रयोग गर्छिन्।