फेसबुकलाई फेसपोर्नको चुनौती


कुनै पनि ब्रान्डले लोकप्रियता पाएपछि त्यसको नामको केही अंश लिएर नयाँ काम गर्ने चलन सबैतिर छ। अहिले विश्वमा सामाजिक  सञ्जालको साइटमा शीर्ष स्थान हात पारेको फेसबुक डटकमजस्तै सामाजिक सञ्जालकै अवधारणा लिएर फेसपोर्न पोर्टल सञ्चालनमा  आएको छ। नर्वेको यो साइटले सामाजिक सञ्जालका साइटमार्फत यौन गतिविधि गर्न चाहने प्रयोगकर्ताहरूलाई आकषिर्त गर्ने सोच बनाएको  छ। 

फेसबुकले आफ्नो नामको अंश लिएर सामाजिक सञ्जालकै साइट बनाएकोमा क्यालिफोर्नियास्थित अदालतमा मुद्दा दायर गरेको थियो।  अदालतले उक्त नाम केही मिले पनि फेसबुककै नक्कल भन्न नमिल्ने बताउँदै मुद्दा फिर्ता गरेको छ। अहिले सामाजिक सञ्जालको क्षेत्रमा  स्यागबुक डट कम, टिचबुक डटकमजस्ता साइटहरू पनि सञ्चालनमा छन्।