भारत र पाकिस्तानबीच क्रिकेट सम्वन्ध पुनः स्थपित हुने
![]() |
१ साउन, काठमाडौं । लगभग ५ वर्षपछि भारत र पाकिस्तानबीच क्रिकेट सम्वन्ध पुनः स्थपित हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अनुसार डिसेम्बर २०१२-जनवरी २०१३ बीच छाटो श्रृखला हुनेछ । खेल भारतमा हुनेछ ।
बीसीसीआईले भनेको छ-’पाकिस्तानसँग क्रिकेट सम्वन्ध सुरु गर्ने निर्णय भएको छ । यस अन्तरगत पाकिस्तान क्रिकेट टिमको एक छोटो श्रृखला डिसेम्बर १०१२ देखि २०१३ को बीचमा आमन्त्रित गरिनेछ ।’ यसबारे बीसीसीआईले थप केही बताएको छैन ।
source-onlinekhabar
बीसीसीआईले भनेको छ-’पाकिस्तानसँग क्रिकेट सम्वन्ध सुरु गर्ने निर्णय भएको छ । यस अन्तरगत पाकिस्तान क्रिकेट टिमको एक छोटो श्रृखला डिसेम्बर १०१२ देखि २०१३ को बीचमा आमन्त्रित गरिनेछ ।’ यसबारे बीसीसीआईले थप केही बताएको छैन ।
दुई देशका बीचमा एक दिवसीय श्रृखला हुने अनुमान गरिएको छ । बीबीसीआईले बताएको उक्त समयमा इङ्ग्ल्याण्डको टीम भारत भ्रमणमा हुनेछ । तर, क्रिसमसका कारण केही दिनका लागि आफ्नो देश र्फकने भएकाले उक्त समय पाकिस्तानसँग तीन एक दिवसीय श्रृखला खेल्न सकिने बताइएको छ । पाकिस्तान क्रिकेट संघले यसअघि देखिनै दुई देशबीचको क्रिकेट सम्वन्ध सुचारु गर्नु पर्नेमा जोड दिँदै आएको थियो ।
सन् २००८ को नोभेम्बरमा भएको मुम्बई आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्वन्ध विगि्रएको थियो । त्यही क्रममा दुई देशबीचको क्रिकेट सम्वन्ध पनि लगभग समाप्त भएको थियो । उक्त समयदेखि हालसम्म न भारतीय टोली पाकिस्तान भ्रमणमा गएको छ, न पाकिस्तानी टोली नै भारत भ्रमणमा आएको छ । यद्यपी सन् २०११ मा पाकिस्तान आईसीसी वर्डकप खेल्न भने भारत आइपुगेको थियो । मोहालीमा भएको सेमिफाइनल भिडन्तमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
source-onlinekhabar
![]() |