आयल निगमको नाफा खुम्चियो
![]() |
काठमाडौं, साउन २ (नागरिक) - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आयल निगमको नाफा खुम्चिएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले जुलाई १५ मा पठाएको नयाँ मूल्यअनुसार निगमको नाफा घटेर १ करोड ३२ लाखमा खुम्चिएको हो। आइओसीले जुलाई १ मा पठाएको मूल्यअनुसार निगमको नाफा १३ करोड थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १ सय २ अमेरिकी डलर छ। जुलाई १ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ९२ डलरको हाराहारीमा थियो। महिनाको १५ तारिखमा पेट्रोल र डिजेलमात्रै मूल्य आउँछ।
'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले हाम्रो नाफा खुम्चिएको हो,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले सोमबार नागरिकसँग भने, 'अहिलेसम्मको मूल्यले हामीलाई समस्यामा पारेको छैन।'
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि जुलाईमा तीन वर्षपछि आयल निगम नाफामा गएको थियो। नयाँ मूल्यअनुसार निगमलाई एक लिटरमा १३ रुपैयाँ ९ पैसा नाफा छ भने डिजेल एक लिटरमा १ रुपैयाँ ८६ पैसा घाटा छ। यसअघि निगमलाई पेट्रोलमा एक लिटरमा १५ रुपैयाँ नाफा थियो भने डिजेल एक लिटरमा ६० पैसा घाटा थियो।
आर्थिक वर्ष २०६५/०६६मा निगमको नाफा ३ अर्ब ३१ करोड थियो। त्यो आर्थिक वर्षपछि निगम लगातार घाटामा गएको थियो। यही वर्ष निगम नाफा गएको भन्दै आफ्ना कर्मचारीलाई झन्डै २० करोड रुपैयाँ बोनस खुवाउने निर्णय गरेको थियो। सर्वत्र विरोध भएपछि उक्त निर्णय रद्द भएको थियो। चालु आर्थिक वर्षमा मात्रै निगमले ९ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको थियो।
स्टक बढाउँदै
जुलाईदेखि नाफामा गएपछि आयल निगमले स्टक बढाउन थालेको छ। नाफामा गएपछि निगमको भण्डार २० हजार किलोलिटरमा पुगेको छ। एक महिनाअघि निगमको स्टक १० हजार किलोलिटर मात्रै थियो।
'नाफामा गएपछि निगमको स्टक बढाउँदै लगेका छौं। यसलाई अझ बढाउनेतर्फ प्रयास गरिरहेका छांै,' अग्रवालले भने, 'यसलाई यो महिना नै २५ हजार किलोलिटर पुर्यारउने छौं।' नाफा गएपनि भारतबाट मागअनुसार तेल अझै आउन सकेको छैन। रक्सौल नाकामा ट्राफिक जाम र विभिन्न दुर्घटनाका कारण मागअनुसार तेल नआएको हो। रक्सौल डिपोबाट दैनिक तीन हजार किलोलिटरसम्म तेल आउनुपर्नेमा अहिले २ हजार किलोलिटरको हाराहारीमा मात्रै तेल आएको छ।