६७ प्रतिशत मुद्दा फैसला
![]() |
सिन्धुपाल्चोक, साउन २ (नागरिक)- यहाँको जिल्ला अदालतले पछिल्लो एक वर्षमा ६७ प्रतिशत मुद्दा फैसला गरेको छ। जिम्मेवारी सरेका पुराना र नयाँसमेत चार सय ७७ मुद्दामध्ये तीन सय २० मुद्दाको फैसला भएको श्रेस्तेदार दशरथ पंगेनीले बताए। 'फैसला हुन नसकेका एक सय ५७ मुद्दा यो साललाई सरेको छ,' उनले भने। पाँच सयभन्दा बढी मुद्दा परेमा वार्षिक न्यूनतम ६० प्रतिशत फैसला हुनुपर्ने कानुनी व्यवस्था छ। अघिल्लो वर्षको एक सय ४५ मुद्दा बाँकी थिए भने तीन सय ३५ नयाँ मुद्दा दायर भएका थिए। बाँकी हुने मुद्दा संख्या भने बढेको छ।
अदालतको तथ्यांक अनुसार सबैभन्दा बढी अंश मुद्दा परेका थिए। त्यसपछि सम्बन्धविच्छेद, जग्गा विवाद, कर्तव्य ज्यान, लुटपिट, मानव बेचबिखन, लेनदेन र कुटपिटका मुद्दा छन्। पंगेनीका अनुसार गत वर्ष एक सय पाँचवटा अंशसम्बन्धी मुद्दा दायर भएकोमा ५७ वटाको फैसला भइसकेको छ।
त्यस्तै सम्बन्धविच्छेदका ४९ मुद्दा थिए। जसमध्ये ४१ जोडीले विधिवत सम्बन्धविच्छेद गरे। जग्गा विवादसम्बन्धी ९२ मुद्दा परेकामा ४३ को मात्र फैसला भयो। जग्गासम्बन्धी मुद्दाको कानुनी प्रवि्र्कया लामो हुने भएकाले फैसलामा समय लागेको पंगेनीले जनाए।
जिम्मेवारी सरेकोसमेत मानव बेचबिखनका १४ मुद्दामध्ये १२ वटामा फैसला भएको छ। 'अदालतमा दुई वर्ष पुगेका मुद्दा बाँकी छैनन्,' श्रेस्तेदार पंगेनीले भने।
![]() |