नयाँ नेपाल एक्सप्रेस
|
चलचित्र 'नयाँ नेपाल एक्सप्रेस' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। चलचित्रमा एक रातको बस यात्रामा भएका अनेक घटनालाई कथात्मक रूपमा प्रस्तुत गरिएको बताइन्छ। यो चलचित्रको निर्माण तथा निर्देशन अशोक बम मल्लले गरेका हुन्। मनकामनेश्वर पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रमा पुराना तथा नयाँ नेताबीचको सोचको भिन्नतालाई पनि चित्रण गरिएको छ। चलचित्रमा सासू-बुहारीबीचको सम्बन्धभन्दा पृथक रूपमा परम्परालाई चुनौती दिँदै विधवा विवाहको पक्षमा वकालत गरिएको छ। चलचित्रको कथा, पटकथा, संवाद तथा गीत निर्देशक मल्लले नै तयार पारेका हुन्। चलचित्रमा भूपेन चन्द, सुष्मा कार्की, राज तिमिल्सिना, नीता ढुंगाना, शर्मिला मल्ल, मौसमी मल्ल, गणेश उप्रेती, सुवास गजुरेल, मुकुन्द भट्टराय, गणेश मुनाल, शिवहरि बैरागी, शिवशंकर रिजाल आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रमा नायिका मौसमी मल्लले यौन व्यवसायीको भूमिका निर्वाह गरेकी छिन्। नयाँ नेपाल एक्स्प्रेसमा लक्ष्मण शेषको संगीत निर्देशन छ भने रवीन्द्र बराल यो चलचित्रका छायांकार हुन्।
|




