जेनिफरको रोमान्स


प्रायः सधैं अभिनय र मोडलिङमा व्यस्त हुने अभिनेत्री तथा अभिनेताहरू फुर्सद भयो कि कतै रोमान्स गर्न गैहाल्छन्। आजभोलि सबैजसो  नायक-नायिकाको सौख नै यस्तै हुन्छ भन्दा फरक नपर्ला। न्युयोर्ककी व्यस्त अभिनेत्री जेनिफर निकोली पनि फुर्सदमा रोमान्स गर्न चाहनेहरूको  सूचीभन्दा बाहिर छैनन्। दुई सन्तानकी आमा ३७ वर्षीया अभिनेत्री जेनिफर फुर्सदमा मियामी किनारमा मज्जैले छोटो विकिनीमा रमाइरहेकी  छिन्। उनी टेलिभिजन सेलिब्रेटी तथा निकै फिट सेलिब्रेटीका रूपमा परिचित छिन्। सेतो निकै छोटो बिकिनीमा जेनिफरको आकर्षक देह  क्यामेरामा कैद भएको छ।