नेपालमा पनि आयो ई-सिगरेट (भिडियोसहित)

काठमाडौ, २ साउन । स्वास्थ्यमा गंभीर असर नपर्ने, लत छुटाउन मद्दत गर्ने चुरोट र लोडसेडिङ कम गर्न सहयोगी एलईडी बल्ब नेपाली बजारमा भित्रिएको छ। ओपल नेपालले भित्राएको इ-चुरोट नामको सो चुरोटलाई बिजुलीमा रिचार्ज गरेर हजारौ पटक सेवन गर्न सकिने संस्थाका अध्यक्ष डा सञ्जय साहले जानकारी दिए। साहका अनुसार इ-चुरोट चार्जेबल र नन चार्जेबलमा नेपाली बजारमा उपलब्ध छ। नन चार्जेबल सिगार १५ सय पफ तान्न सकिने र चुरोट ५ सय पफ तन्न सकिन्छ त्यसको मुल्य क्रमशः १६ सय र १५ सय रुपैया पर्ने-चुरोट चार्जेबल र नन चार्जेबलमा नेपाली बजारमा उपलब्ध छ। नन चार्जेबल सिगार १५ सय पफ तान्न सकिने र चुरोट ५ सय पफ तान्न सकिन्छ त्यसको मुल्य क्रमशः १६ सय र १५ सय रुपैया पर्नेछ। त्यसैगरी, चार्जेबलमा एक्स ३ र एक्स ४ मा उपलब्ध छ। जसको एउटा कार्टेजबाट क्रमशः २५० र ५ सय पफ तान्न सकिन्छ। कार्टेज रेगुलर, मार्लबोरो, मेन्थोल, स्ट्रोबेरी, भेनिला, कफि र एप्पल फ्लेवरमामा उपलब्ध छ। कार्टेजलाई हाई, मेडियम, लो र जिरो कन्सनटेसनमा प्रस्तुत गरिएको छ। जसलाई क्रमशः प्रयोग गर्दै धुम्रपानको लत घटाउन सकिने अध्यक्ष साहले जानकारी दिए। सामान्य चुरोडमा टार सहितका ४ हजार भन्दा बढी हानिकारक तत्व मिसाईने गरिएकोमा इ चुरोटमा इथानोल, प्रोपायल ग्लीसरोल, निकोटिन सहितका २० वटा मानव स्वास्थ्यमा असर नपार्ने र सामान्य चुरोट सरह सन्तुष्ठि दिने दावी उनले गरे। उनले भने-इ-चुरोट लाईफ सेभिङ डिभाईस हो । यो जता प्रयोग गरेपनि हुन्छ धुवा आउँछ तर मुखबाट निस्कनासाथ हराउँछ, त्यसले कसैलाई पनि असर पार्दैन।