धुलो भएन भने के हुन्छ ?


प्राय: सबैलाई लाग्दो हो, 'धुलोको खासै महत्वपूर्ण काम छैन । धुलो नभइदिए त दिनदिनै घर सफा गर्नु पर्दैनथ्यो । सबै कुराहरू सफा सुग्घर हुने थिए साथै मानिसलाई विभिन्न श्वासप्रश्वासका रोगहरू लाग्ने थिएन ।'

तर, धुलो नहुँदो हो त त्यो भन्दा पनि बढी समस्या पर्ने
थियो । यदी धुलो नभएमा पानी धेरै पर्ने थिएन, सूर्यास्त हामीले देख्ने गरेको जस्तो सुन्दर हुने थिएन। पानी पर्नुमा वायुमण्डलमा हुने धुलोका कणहरूको धेरै ठूलो योगदान हुन्छ।

धुलोका कणहरूले वायुमण्डलमा वाफका रूपमा रहेका पानीका अणुहरूलाई सोस्ने गर्छ । यसरी पानीका अणुहरू धुलोका कणहरूमा जम्मा हुदैँ जाँदा, विस्तारै त्यो गह्रौँ हुन्छ । र, अन्त्यमा निकै गह्रौँ भएपछि पानीका ति अणुहरू वर्षाको रुपमा जमिनमा झर्छ ।

त्यस्तै सूर्योदय तथा सूर्यास्त सुन्दर देखिनमा पनि धुलोको महत्वपूर्ण भूमिका छ । सूर्योदय र सूर्यास्तको समयमा, जब सूर्य क्षितिजभन्दा तल हुन्छ, पानीका कणहरू मिसिएका धुलाका कर्णहरूले लामो वेभलेन्थ (तरङ्ग लम्बाइ) भएको रातो प्रकाशलाई
परावर्तन गरी वायुमण्डलमा फिजाइदिन्छ, जसका कारण आकाश रातो देखिन्छ । वायुमण्डलमा जति धेरै धुलाका कणहरू
हुन्छन, सूर्योदय र सूर्यास्त त्यति धेरै सुन्दर देखिन्छ ।