अभ्यास खेलमा नेपाले भारत नगरलाई ६ विकेटले हरायो
![]() |
२० फागुन, काठमाडौं । एलिट कप क्रिकेटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपाली टोलीले ट्वान्टी-२० अभ्यास क्रिकेटमा भारत नगर कोचिङ सेन्टरलाई ६ विकेटले पराजित गरेको छ ।
भारत नगरले प्रस्तुत गरको १ सय २९ रनको लक्ष्य नेपालले अन्तिम ४ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका ज्ञानेन्द्र मल्लले आक्रमक ब्याटिङ गर्दै ४३ बलमा ४९ रन बनाए भने विनोद भण्डारीले ३४, सुवास खकुरेलले १४ र सरद भेसवाकरले १३ रन बानाए ।
यसअघि टस जितेर पहिले व्याटिङ थालेको भारत नगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । उसका लागि लुभ सेरावतले सर्वाधिक ५४ रन बनाए ।
नेपालका अमृत भट्टराई र जिनेन्द्र मुखियाले समान २-२ तथा शक्ति गौचन र बसन्त रेग्मीले समान १-१ विकेट लिए ।
![]() |