मेक्सिकन ओपन टेनिसको उपाधी नाडाललाई
![]() |
२० फागुन, काठमाडौं । डेभिड फेररलाई पराजित गर्दै राफेल नाडालले मेक्सिकन ओपन टेनिसको उपाधी जितेका छन् । चेटका कारण ७ महिनासम्म खेलबाट बाहिर रहेको उनको कोर्टमा फर्किएपछि दोस्रो उपाधी हो । यसअघि उनले ब्राजिल ओपन टेनिसको उपाधी जितेका थिए ।
उपाधी जित्ने क्रममा पूर्व विश्व नम्बर एक नाडालले फेररलाई ६-० र ६-२ को सोझो सेटमा पराजित गरे । हाल पाँचौ वरियतामा रहेका उनले फेररलाई हराउन कोर्टमा मात्र ६५ मिनेट खर्चिएका थिए ।
![]() |