म्यान युको जितमा कागवाको ह्याट्रिक
![]() |
२० फागुन, काठमाडौं । सिन्जी कागवाले ह्याट्रिकको मदतमा इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर युनाईटेडले नरवीचलाई पराजित गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले नरवीचलाई ४–० ले पराजित गरेको हो ।
घरेलु मैदान वल्र्ड ट्राफडमा भएको खेलको ४५ आँै मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई अग्रता दिलाएका कागावाले ७६ र ८७ मिनेटमा गोल गर्दै प्रिमियर लिगमा ह्याट्रिक गर्ने पहिलो एसियाली खेलाडी समेत बनेका छन् । म्यान युका लागि एक गोल वायन रुनीले गरे ।
जितपछि लिग लिडर म्यानचेस्टर युनाईटेडले १५ अंकको अग्रता कायम गरेको छ । म्यान युको २८ खेलबाट ७१ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५६ अंक छ ।
![]() |