बी डिभिजन विजेता पुरस्कृत
![]() |
काठमाडौं, चैत ४ (नागरिक)- सहिद स्मारक रेडबुल बी डिभिजन लिग फुटबल विजेता क्लब र खेलाडीलाई शनिबार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरस्कृत गरेको छ। च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएको त्रिपुरेश्वरको ब्वाइज युनियन क्लबले नगद ४ लाख, दोस्रो टुसाल युथले २ लाख, तेस्रो सामाजिक युवाले १ लाख र चौथो स्थानमा रहेको वीरगन्ज युथ एकेडेमीले ५० हजार नगद पुरस्कार पाएका थिए।
टुसाल युथका धीरज श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, ब्वाइज युनियनका किरण राई उत्कृष्ट मिडफल्डर, वीरगन्जका लालबाबु प्रसाद उत्कृष्ट रक्षक, टुसालका रमन रसाइली उत्कृष्ट गोलरक्षक र ब्वाइज युनियनका प्रदिप घिमिरे उत्कृष्ट प्रशिक्षक भए। उत्कृष्ट सबैले समान २५ हजार रुपैयाँ प्राप्त गरे। ब्वाइज युनियनका प्रशिक्षक प्रदिप क्लबका पूर्वखेलाडी हुन्। २ वर्षअघि ब्वाइज युनियन रेलिगेसनमा परेको थियो।
![]() |