सुशील श्रेष्ठ एआइजीमा बढुवा
![]() |
गुरुकुललाई १० लाख, गीतकार संघलाई ५ लाख दिइने-
अर्जुन सुवेदी, फागुन २८ (नागरिक)- मन्त्रिपरिषद्को मंगलबारको बैठकले सशस्त्र प्रहरी बलका सुशील कुमार श्रेष्ठलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस नेता भीमबहादुर तामाङको नाउँमा छोतेन (स्तुप) निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
सरकारले जलवायु परिवर्तन परिषदमा माधव कार्की र मणिरत्न शाक्यलाई सदस्यमा नियुक्ति गरेको छ।
अन्तरार्ष्ट्रिय महिला दिवसलाई अन्तरार्ष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने, स्थानीय शान्ति समितिको कार्यवधि थप गर्ने, आरोहण गुरुकुललाई १० लाख र गीतकार संघलाई ५ लाख सहयोग उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
यसैगरी मन्त्रिपरिषद बैठकले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकमा गोरखाका इश्वरीप्रसाद घिमिरेलाई नियुक्ति गर्ने निर्णय गरेको छ।
![]() |