वन जोगाउन अनौठो आन्दोलन
![]() |
हामी कहाँ विरोध प्रदर्शनका लागि बन्द, हडताल गरिन्छ, तोडफोड हुन्छ । तर, तस्मानिया भन्ने देशकी एक जना महिलाले भने अनौठो शैलीमा विरोध प्रदर्शन गरेकी छिन् ।

वनजंगल विनाशको विरोध गर्दै उनले रुख बास आन्दोलन गरिन् । वनजंगलको अन्धाधुन्ध विनाश रोकिनुपर्ने तथा वातावरणको संरक्षण गरिनुपर्ने माग गर्दै मिराण्डा गिब्सन नामकी ती महिला तस्मानियाको स्टिक्स भ्यालीस्थित एउटा रुखमा पूरै १५ महिनासम्म बसिन् ।
मिराण्डाले वनसंरक्षणमा सरकारको ध्यान खिच्न सन् २०११ को डिसेम्बर महिनामा रुखबास सुरु गरेकी हुन् । उनले यो पटकको क्रिसमस पनि रुखमै मनाइन् । पर्यावरण विदहरुले मिराण्डाको यो कामको प्रसंसा गरेका छन् । मिराण्डाले तस्मानियाको हरियाली नाश हुँदै गएकोमा आफुलाई दुख लागेको र हरियाली बचाउन सबैको ध्यान जाओस् भनेर आफुले यस्तो कदम चालेको बताउँछिन् ।
पूरै ४ सय ५१ दिन रुखमा बिताएर केही समयपहिले मात्र वातावरणकर्मीको सहायतामा उनले आफ्नो रुखबास आन्दोलन टुंगाएकी छिन् । वन जोगाउन सरकारले प्रभावकारी कदम नचालेमा आफुले फेरी यस्तै खालका आन्दोलन गर्ने उनको भनाइ छ ।
![]() |