भोलि नै प्रधान न्यायाधिशको सपथ हुन सक्छः मन्त्री महतो



काठमाडौं, फागुन २९ (नागरिक) - नेपाल सद्‍भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले दलहरुबीच जारी छलफल टुंगोमा पुगे भोलि प्रधान न्यायाधिश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व गर्दै सपथ लिने बताएका छन्।


उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्ने युवा नेताका लागि राखिएको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै सो दावी गरेका हुन्। 'दलहरुबीचको जारी वार्ता सहमति नजिक पुगेको छ, त्यसले मुर्त रुप लिने संकेत अधिकतम बढेको पनि छ,' महतोले भने, 'आज कुरा टुंगियो भने भोलि प्रधान न्यायाधिशले चुनावी सरकारको सपथ लिनु हुनेछ।'

प्रमुख चार दलबीच भएको सहमतिलाई अन्तिम रुप दिएपछि शितल निवासमा हुने सर्वदलीय वैठकबाट अनुमोदन गराउने कार्यक्रम तय भइसकेको छ।