‘सिनर्जी राइजिङ’ स्टारको उपाधी किरणलाई


चितवनको लोकप्रिय रेडियो ‘सिनर्जी एफ.एफ’ ले आयोजना गरेको यो बर्षको ‘सिनर्जी राइजिङ स्टार’ को उपाधी गुञ्जनगरका किरण गुरुङले जितेका छन् । उनलाई नेपाली सिनेमाकी चर्चित नायिका झरना थापाले पुरस्कार प्रदान गरेकी थिइन् ।नारायणी कला मन्दिर नारायणगढमा गरिएको फाइनल कार्यक्रममा गुरुङले उपाधी हात पारेका हुन् । उनले उपाधीसँगै नगद ५० हजार र ‘द रिबेल क्रियशन’बाट एउटा अडियो एल्बम निकाल्ने अवसर पाएका छन् । सिनर्जी एफ.एमले आफ्नो १२ औ बाषिर्कोत्सवको अवसर पारेर ५ महिना अघिबाट यो प्रतियोगिताको सुरुवात गरेको थियो । यो प्रतियोगिताको तेश्रो संकरण हो ।
‘सिनर्जी राइजिङ स्टार’ को तेश्रो संकरणको अन्तिम पाँचमा निर्मला गोदामी, जितु थापा, बिनोदबाबु रसाइली र सुष्मा वीक पनि पुगेका थिए । प्रतियोगिताको निर्णायकको रुपमा प्रसाद श्रेष्ठ, सहन प्रधान र दिपक प्रधान थिए । पहिलो ‘सिनर्जी राइजिङ स्टार’ पर्साका मिलन श्रेष्ठ र दोश्रो अनामिका मल्लले क्रमश ‘प्रवेश’ र ‘काव्य’ ले बजारमा राम्रो चर्चा बटुल्न सफल भएका छन् ।