दुई प्रकाशले गरे दुई राजेशलाई सम्मान

नेपाली सिनेमाका चर्चित नायक राजेश हमाल र चर्चित गायक राजेशपायल राइलाई शुक्रबार सम्मान गरिएको छ । त्रिचन्द्र कलेज स्वबियूले आयोजना गरेको नयाँ विद्यार्थी स्वागत तथा पुरानालाई बिदाई कार्यक्रममा दुई राजेशलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका नेताद्धय प्रकाशमान सिंह र प्रकाशशरण महत्तले हमाल र राइलाई दोसल्ला र ताम्रपत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा नायक हमालले आफ्नो विद्यार्थी जीवनको स्मरण गरेका थिए । उनले शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको भन्दै विद्यार्थीहरुलाई ध्यान दिएर अध्ययनमा लाग्न आग्रह गरे ।