एकसय एच.डी. च्यानल सहित ‘माई टीभी’

२८ फागुन, काठमाण्डौ । दक्षिण एसियामै पहिलोपटक एकसय च्यानल एचडी प्रविधिमा नयाँ टेलिभिजन आउने भएको छ । मेगा ब्रोडकास्ट प्रा.लि.ले एसडी टेलिजिभन सहित एक सयवटा च्यानल बजारमा ल्याउन लागेको हो । तीन महिनाभित्र माई टीभीको परिक्षण प्रशारण शुरु गर्ने तयारी छ ।




काठमाडौमा भएको पत्रकार सम्मेलनमा मेगा ब्रोडकास्ट प्रालिका प्रवन्ध निर्देशक रमेश संबेदनाले माइ टीभी र यसको सेवाको बारेमा जानकारी दिनुभएको हो । शहरदेखि गाउँ गाउँमा पुर्‍याउने योजना सहित माइ टीभी संचालनमा ल्याउन लागिएको उहाँको भनाई छ ।
यस्तै ग्राहकले एचडी टेलिजिभन सहितको च्यानलसँगै इन्टरनेटको सुविधा पनि पाउनेछन् । एक जीवी प्रति सेकेन्डको गतीमा इन्टरन्नेट सेवा सुरु गर्न लागिएको हो । यस प्रविधिमा वाइरलेस टीभी तथा इन्टरनेट सेवा ग्राहकले प्राप्त गर्न सक्छन् ।