मिनिबस दुर्घटनामा २१ यात्रु घाइते


कावासोती, फागुन २८- नवलपरासीको कावासोती (खरकट्टा) जङ्गलमा आज भएको मिनीबस दुर्घटनामा २१ यात्रु घाइते भएका छन्। डण्डाबाट नारायणगढ जाँदै गरेको ना २ ख ७९६३ नम्बरको मिनीबस तीव्रगतिका कारण पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिँदा यात्रुहरू घाइते भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।






दुर्घटनामा गम्भीर घाइते भएका नौजनाको भरतपुर मेडिकल कलेज र सामान्य चोट लागेका १२ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस