आयोग टोली मतदाताको घरघरमा
![]() |
उपेन्द्र लामिछाने, काठमाडौ, चैत ४ - अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकारप्रमुखमा सहमतीय चुनावी सरकारको प्रमुख पदको शपथ लिएर बिहीबार देशलाई चुनावी माहोलमा होमिदिएपछि अहिले सर्वत्र यसैका गतिविधि सुरु भएका छन्। निर्वाचन आयोगले जिल्ला-जिल्लामा निर्वाचन शिक्षा अभियानकर्ता परिचालन गरेर चुनावको माहोललाई देशव्यापी बनाएको छ। मतदातामा ऐतिहासिक दोस्रो संविधानसभामा मत दिने निश्चितताले उत्साह ल्याएको छ।
निर्वाचन आयोगका अभियन्ताहरु मतदाताका घर-घर पुगेर छुटेका नाम लेखाउने, उमेर पुगेकालाई नयाँ मतदाता परिचयपत्र बनाइदिने र मतदान अधिकारका बारे प्रचारप्रसार गर्नेजस्ता कार्यमा खटिएका छन्। 'योग्य नछुटून्, अयोग्य नपरून्' भन्ने मूल आशयसाथ उनीहरुलाई परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।
चैत १ बाटै राजधानीका विभिन्न गाउँमा खटिएका आयोगका दर्ता अधिकारीले मतदाता नामावलीका त्रुटि सच्याउने कामसमेत गरिरहेका छन्। 'काठमाडौंका १४ विभिन्न क्षेत्रमा पहिलो चरणअन्तर्गत चैत १ बाटै निर्वाचनसम्बन्धी अभियान थालेका छौं,' काठमाडौं जिल्लाका निर्वाचन अधिकृत शम्भु चालिसेले भने, 'गाउँ-गाउँमा उत्साहजनक सहभागिता देखिएको छ।'
चैत १ देखि मसान्तसम्म काठमाडौंका सबै क्षेत्र पुगेर मतदातासम्बन्धी सबै काम सक्ने उनले जनाए। काठमाडौंमा अघिल्लो संविधानसभा निर्वाचनमा ५ लाख ८५ हजार मतदाता रहेको उनले जानकारी दिए।
निर्वाचन आयोगको सक्रियतासँगै मतदाता पनि हर्षित छन्। 'चुनावमा भोट हाल्ने रहर छ,' काठमाडौं मूलपानीमा मतदाता परिचयपत्रका लागि शनिबार दिउँसो फोटो खिचाउँदै गरेकी संगीता थापाले भनिन्, 'अब हाम्रो पनि भोट हाल्ने पालो!' बिबिएस प्रथम वर्षकी विद्यार्थी उनले चुनावपछि देशले निकास पाउने विश्वास लिएकी छन्। 'यो चुनावले मुलुकलाई निकास देला भन्ने आशा छ,' उनले थपिन्।
निर्वाचन आयोगले गृहजिल्लामा नरहेकालाई पनि पायक पर्ने स्थानमा मतदाता फोटो खिचाउन मिल्ले व्यवस्था गरेपछि राजधानीमा रहेका विभिन्न जिल्लाका मतदाता पनि फोटो खिचाउन सक्रिय छन्। 'निर्वाचन आउँदै गरेकाले फोटो खिचाउन आएको हुँ,' मकवानपुर सुपिङ घर भई हाल राजधानीमा बस्दै आएका कृष्ण पुडासैनीले भने, 'भोट हाल्नु प्रत्येक नागरिकको अधिकार भएकाले यसमा आफूलाई छुटाउन चाहिनँ।'
मूलपानी गाविसका सचिव रुद्रप्रसाद चापागार्इंले पछिल्लो राजनीतिक घटनाक्रमसँगै मतदातामा उत्साह थपिएको बताए। 'तीन दिनका बीच २ सय हाराहारीले परिचयपत्रका लागि फोटो खिचाए,' उनले थपे, 'विगतका दिनमा भन्दा अहिले मतदातामा उत्साह देखिएको छ। '
निर्वाचन आयोगका उपसचिव गोपालप्रसाद अर्यालले दलहरुबीच सहमतिले देशभरका मतदातामा उत्साह बढेको सुनाए। 'देशभर निर्वाचन आयोग सक्रिय भएको छ,' उनले भने, 'मतदातामा पनि चुनावप्रतिको उत्साह झल्किएको छ।'
उनले विभिन्न जिल्लामा रहेका निर्वाचन कार्यालयले आ-आफ्ना क्षेत्रमा निर्वाचनसम्बन्धी कार्य तीव्रतासाथ गरेको जनाए। 'केही स्थानमा सामान्य समस्या आए पनि बाँकी ठाउँमा तीव्रतासाथ निर्वाचनसम्बन्धी गतिविधि बढेको छ,' उनले भने, 'सबैतिर निर्वाचनको माहोल बनेको छ।'
अघिल्लो संविधानसभामा एउटै व्यक्ति विभिन्न ठाउँबाट दर्ता गरिएकाले मतदाता संख्या बढेको जनाउँदै यसपटक त्यो गल्ती नदोहोरिने अर्यालले जनाए। 'हामी यी सबै कुरालाई ध्यान दिँदै अगाडि बढेका छौं,' उनले भने, 'यसपटक कति मतदाता थपिन्छन् भन्ने यकिन नभए पनि विगतको भन्दा व्यवस्थित हुन्छ।'
उनले हालसम्म १ करोड १० लाख मतदाता नामावली दर्ता भइसकेको जानकारी दिँदै बाँकीको दर्ता छिट्टै सकिने पनि जानकारी दिए। अघिल्लो संविधानसभा निर्वाचनमा देशभरमा १ करोड ७७ लाख मतदाता देखिए पनि थुप्रै नाम दोहोरो रहेको उनले बताए।
यसैबीच, गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले आफूहरु असारकै पहिलो साताभित्र संविधानसभा निर्वाचन गरेर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्। दलीय व्यवस्था मजबुत बनाउन आफूहरु जिम्मेवारीमा आएको बताउ"दै उनले सोमबारसम्म निर्वाचन आयुक्तहरुको नियुक्ति भइसक्ने जानकारी पनि दिए।
दलहरुको सहमतिमा अहिलेको सरकार गठन भएकाले उनीहरुसँगै सहयात्रा गरेर अघि बढ्ने जनाउ दि"दै मन्त्री घिमिरेले समयमै निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउन सबै सुरक्षा अंगलाई परिचालन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए।
'तपाइँहरु सबै ढुक्क भए हुन्छ, चुनाव हुन्छ र असारभित्रै गराएर राजनीतिक दलहरुलाई नेतृत्व हस्तान्तरण गर्छौं।'