चिया पसलमा झडप हुँदा विद्यार्थीको मृत्यु
![]() |
काठमाडौं, चैत ४- कालोपुलस्थित जेभियर्स इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत १७ वर्षका रितेश पराजुलीको दुइपक्षीय झडपमा आज मृत्य भएको छ । गैरीधारास्थित एक चिया पसलमा विद्यार्थीहरुबीच भएको झडपमा रितेशको मृत्यु भएको प्रहरीले जनाएको छ।
रितेशलाई उपचारका लागि बागबजारस्थित मोडल अस्पतालको आपतकालीन कक्षमा पुर्याएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो।
अस्पतालका अनुसार पराजुलीको कन्चटमा चोट लागेको थियो। रासस
![]() |