डर्टी पिक्चरजस्तो फिल्म खेल्ने रहर छैन : काजोल


 बलिउड प्रवेश गर्न चाहनेहरुका लागि सधै प्रेरणाको स्रोत बन्ने गरी हिरोइन काजोलले कहिल्यै पनि दी डर्टी पिक्चरजस्तो फिल्ममा अभिनय नगर्ने बताएकी छिन्। विद्या बालनले राष्ट्रिय पुरस्कार जितेको फिल्म डर्टी पिक्चरको रोलमा फिल्म पाए के गर्नुहुन्छ भनेर सोध्दा उनले सोझै इन्कार गरिन्।

 एफआइसीसीआइको अन्तिममा करन जोहर र सेलिब्रिटीबीच भएको बहसमा काजोल केन्द्रमा थिइन्। करणले काजोललाई यस्तो प्रश्न सोधेपछि काजोलको जवाफ थियो, 'म डर्टी पिक्चरजस्तो फिल्म गर्न सक्दिन। मेरो पति र छोराछोरी छन र यस्तो रोल गर्न म सक्दिन। यस्तो भूमिका निभाउन मानसिकरुपमा तयार हुनै पर्छ।' काजोललाई लिएर करण जोहरले निर्देशन गरेका कुनै पनि फिल्म फ्लप भएका छैनन्। उनीहरु मिल्दा साथी पनि हुन्। करणले विद्या वालनकै कहानीजस्तो फिल्मको अफर आएको भए नि ? भनेर प्रश्न गर्दा उनले निर्देशकले आफूलाई कन्भिन्स गर्न सकेको र आफू विश्वीस्त हुन सकेको अवस्थामा मात्र फिल्म गर्थे भन्ने जवाफ दिइन्। फरक निर्देशकसँग काम गर्ने विषयमा सोध्दा काजोलले भनिन्, 'राम्रो प्रोजेक्ट तर नराम्रो निर्देशक भयो भने फिल्म औशतभन्दा राम्रो हुन सक्दैन तर स्क्रिप्ट औशत भएपनि निर्देशक राम्रो पर्यो् भने उसले फिल्म राम्रो बनाउन सक्छ। उसले फिल्ममा चाहिने सबैकुरा समेट्छ र फिल्म राम्रो लाग्छ। '