रियल मड्रिडले बार्सिलोनालाई हरायो
![]() |
२० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा २–१ को जित निकाल्दै रियल मड्रिडले ५ दिनमा दोस्रो पटक बार्सिलोनालाई हराएको हो । अघिल्लो साता कोपा डेल रे कपको सेमिफाइनलको दोस्रो लेगमा रियलले बार्सिलोनालाई ३–१ ले पराजित गरेको थियो ।
-->
घरेलु मैदान सान्टीएगोमा भएको खेलमा रियलले पाँचौं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । १८ औं मिनेटमा लिओनल मेस्सीले बराबरी गोल पर्काए । तर, ८२ औं मिनेटमा सर्जिओ रामोसले गोल गर्दै रियल मड्रिडलाई २–१ को अग्रता दिलाए । लुक्काको कर्नरमा उनले हेड गोल गरेका हुन् ।
खेलको अन्तिम मिनेटमा बर्सिलोनाका रक्षक भिक्टर रातो कार्ड खाँदै बारिहिरिएििछ बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
जितपछि रियलले लिगमा बार्सिलोनाको अग्रता १३ अंकमा झारेको छ । लिग लिडर बार्सिलोनाको २६ खेलबाट ६८ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५५ अंक रहेको छ ।
![]() |