सुपर लिग फुटबलमा आर्मीद्वारा पुलिस पराजित"फोटो फिचर"
![]() |
९ चैत, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा नेपाल आर्मी क्लबले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । योसंगै आर्मीले पहिलो चरणमा पुलिससंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रवार भएको खेलमा खेलको ८३ औँ मिनेटमा पुलिसका गोल रक्षक रितेश थापाले आर्मीका नवयुग श्रेष्ठलाई गलत गलत ट्याकल गरेपछि रातो कार्ड खाखै बाहिरिएपछि पाएको पेनाल्टीलाई आर्मीका राजु तामाङले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । रितेशलाई रेफ्रीले रातो कार्डदेखाएपछि केहीवरे रंगशाला तनाबपूर्ण भएको थियो । पुलिस क्लबका समर्थकले रेफ्रीको निर्णयप्रति असहमति जनाउदै खेल केहीबेर प्रभावित वनाएका थिए ।
१० खेलाडीमा सीमित पुलिसले राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन र खेल आर्मीले आफ्नो पक्षमा पार्यो । योसंगै आर्मी १९ खेलमवाट ३२ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पुलिस समान खेलवाट लिग तालिकाको आठौँ स्थानमा यथावत छ ।
लिग अन्तर्रगत शनिवार दुईवटा खेल हुने छन् । दिउँसो साढे १ बजे हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी र पाँचौ स्थानमा रहेको मच्छिन्द्र क्लब भिड्ने छन् भने दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र आरसीटी क्लब आमनेसामने हुने छन् ।
![]() |