‘छड्के’मा नम्रताको नदेखिएको रुप (फोटो फिचरसहित)
![]() |
नेपाली सिने बजारमा चलचित्र ‘छड्के’ चर्चामा छ । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा तयार भएको यो सिनेमा फागुन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रले सुस्ताएको चलचित्र बजारलाई तताउने आशा आम सिनेकर्मीले गरेका छन् ।
निगम श्रेष्ठको कथा तथा निर्देशनमा तयार भएको सिनेमामा सौगात मल्ल, रबिन तामाङ, नम्रता श्रेष्ठ, अर्पण थापा, दयाहाङ राई, प्रतिकराज न्यौपाने, विपिन कार्की, निकुन श्रेष्ठ, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । युवापुस्तालाई लक्षित गरेर तयार पारिएको चलचित्रमा नाइट व्यान्डको संगीत, संजय लामाको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द्व, लोकेश बज्रचार्य र दिर्घ खड्काको सम्पादन छ ।




![]() |