मैत्रीपूर्ण खेलमा नेपाल पराजित
![]() |
काठमाडौं, माघ २४ (नागरिक)- पाँच वर्षपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका पाकिस्तानले पहिलो खेलमा विजयी भएको छ। बुधबार दरशथ रंगशालामा भएको खेलमा ९१औं मिनेटमा पाकिस्तानका हसन बासिरले निर्णायक गोल गरेका थिए।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलेको छनौटमा उतारिका नेपाली खेलाडीले औसतरुपमा राम्रो खेले पनि अन्तिम समयमा पराजय बेहोर्नुपर्यो।
यसअघि नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानसँग १-१ को बराबरी खेल खेलेको थियो।
![]() |