स्वदेश फर्कन एयरपोर्ट जाँदै गर्दा दुर्घटनामा परि नेपालीको मृत्यु
![]() |
१३ फागुन, क्वालालम्पुर । विदेशमा तीन वर्ष वसेर नेपाल फर्कन एयरपोर्ट जादै गर्दा वाटोमा नै कसैको ज्यान जान्छ भने परिवारलाई कस्तो हुन्छ होला । यसै दु:खद पीडा भोग्नु परेको छ उदयपुरका एक परिवारले ।
मलेसियामा तीन वर्षको रोजगारी पुरा गरेर कम्पनीले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा पुर्याउन हिडेको भ्यान क्वालालम्पुर नजिकैको सुगाई वुलोमा दुर्घटना हुँदा उदयपुर जिल्ला रौता-९ , का ३३ वर्षीय अमर वहादुर पुलामी मगरको ज्यान गएको छ भने अर्का रामवहादुर तामाङ घाईते भएका छन् ।
विहिवार विहान नेपाल वायुसेवा निमगवाट नेपाल र्फकन थालेका उनीहरुलाई कम्पनीको सवारी साधनले एयरपोर्ट तर्फ छाड्न लागेको थियो । तर एयरपोर्ट नपुग्दै सुगाइवुलो भन्दै स्थानमा पुग्दा अर्काे सवारी साधनले ठक्कर दिदा अमरको ज्यान गएको हो भने रामवहादुर र स्थानीय सवारी चालक भने सामान्य घाइते भएका छन् ।
अत्यन्तै मिलनसार पुलामि मगरको निधनले कम्पनीमा रहेको सवै नेपालीहरु स्तव्धभएका छन । मगरले रावाङमा रहेको फलामको कामहुने पेस्तार प्रोसेसिङ कम्पनीमा काम गरेका थिए । अहिले उनको शवलाई पोसमार्टमको लागि सुगाईवुलो अस्पतालमा राखिएको छ । उनले एयरपोर्ट जानुभन्दा एक घण्टा अगाडि मात्रै घर परिवारलाई फोन गरेर आफु आउन लागेको जानकारी गराएको उनका साथीहरुले बताएका छन् ।
-->
![]() |