भारतिय टेलिभिजन सहित विदेशमा ‘नाइन ओ क्लक’
![]() |
चैत्र १६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाइन ओ क्लक’ भारतिय टेलिभिजनमा पनि प्रशारणमा हुने भएको छ । निर्माता रमेश संबेदनाका अनुसार नेपालमा प्रदर्शनमा आएको केही महिना पछि भारतिय चर्चित २ टेलिभिजन सोनी र जीटीभीमा ‘नाइन ओ क्लक’ प्रशारण हुनेछ ।
यस्तै यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए । चलचित्रको मलेसियाको सम्पुर्ण अधिकार पदमबहादुर सिंहले खरिद गरेका हुन् । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।

![]() |