त्रिविको लापरबाही : रिजल्ट कुर्दाकुर्दै अवसर गुम्छ
![]() |
रुबी रौनियार, काठमाडौँ, साउन ६- - स्नातक पास हुनासाथ सेकेन्ड लेफ्टिनेन्टको फुली लगाउने सपना देखेका वीरेन्द्र ओली अहिले निराश छन्। स्नातक परीक्षा दिएकै वर्ष सेनामा भर्ती त खुल्यो तर रिजल्ट नआउँदा उनले प्रतिस्पर्धा गर्न भ्याएनन्।
- नुवाकोटका टीकाराम तामाङ नतिजा कुर्दाकुर्दै बेखर्ची भएर तनावमा छन्। दाइले तीन वर्षे स्नातकसम्म खर्च थेग्ने भने पनि उनले थप एक वर्ष परीक्षाफलका लागि कुर्नुपर्यो।
- सर्लाहीकी राधिका खतिवडाले तीनवर्षे स्नातक कोर्स चार वर्ष पढ्नुपर्यो। त्रिविको नतिजा ढिलाइले छात्राहरू थप मर्कामा पर्छन्। उनको चिन्ता हो- समय बढी लाग्दा घरपरिवारले गर्ने नानाथरी शंका।
स्नातक तह तेस्रो वर्षको परीक्षा सकिएको ११ महिना बित्न लाग्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन नगर्दा ओली, तामाङ र खतिवडाजस्ता हजारौं विद्यार्थी तनावमा छन्। समयमा नतिजा प्रकाशन नहुँदा विद्यार्थीको भविष्य नै अन्योलमा छ।
११ महिनादेखि स्नातक तेस्रो वर्षको नतिजा कुरिरहेका रत्नराज्यलक्ष्मी क्याम्पसका ओलीले सेकेन्ड लेफ्िटनेन्टमा लड्ने अवसर गुमाउनुपरेको सुनाए। 'आर्मीको सेकेन्ड लेफ्िटनेन्टका लागि मेरौ सबै मापदण्ड पूरा भए पनि स्नातक पासको प्रमाणपत्र नभएकै कारण आवेदन दिन पाइनँ,' बिहीबार कलेजमा नतिजाबारे बुझन आएका ओलीले गुनासो गरे, 'अधिकृत तहका लागि हालै खुलेकोे लोकसेवा आयोगमा समेत आवेदन दिने अवसर गुम्यो।' त्रिविको नतिजा वर्ष दिनसम्म ढिलो हुँदा जागिरका लागि उमेर घर्कने र पारिवारिक समस्यासमेत उत्पन्न हुने विद्यार्थी बताउँछन्।
त्रिवि क्यालेन्डरअनुसार शैक्षिक सत्र १० महिनाको हुन्छ। सामान्यतया परीक्षा सञ्चालन गरेको तीन महिनाभित्र नतिजा प्रकाशन गरिसक्नुपर्छ। क्यान्लेन्डर कार्यान्वयन नहुँदा नतिजा कहिल्यै समयमा आउँदैन।
नतिजा ढिलाइले महँगो सहरमा बढी बस्नुपर्दा विद्यार्थीमा आर्थिक भार थपिने गरेको छ। 'दाइले स्नातकसम्म खर्च दिन्छु, त्यसपछि आफैँ गर भनेका थिए, तामाङले भने, 'तर तीन वर्षको कोर्स चार वर्षमा पनि पूरा नहुने भएकाले मलाई पढाइ र बस्ने खर्च जुटाउनै गाह्रो भएको छ।'
वर्ष दिनको अन्तरले विद्यार्थीको अध्ययन गर्ने बानीमा समेत कमी हुने गरेको उनको अनुभव छ। कपनमा बस्दै आएको तामाङको परिवारले हाल पढाइ खर्च पठाउन छाडेकाले उनलाई समस्या परेको छ। 'काठमाडौंमा मासिक १० हजार खर्च लाग्छ,' तामाङले नागरिकसँग भने, 'एक वर्षको ढिलाइले डेढ लाखजति थप आर्थिक भार बेहोर्दा परीवारै विभाजन भयो।' उनका अनुसार असार ८ देखि उनका दाजु आर्थिक कारण छुट्टिएर बसेका छन्।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तेस्रो वर्षको कुनै पनि संकायको नतिजा प्रकाशन हुन सकेको छैन। शिक्षा संकायको स्नातक प्रथम, द्वितीय र तृतीय तह तथा स्नातकोत्तर द्वितीय वर्षको परीक्षा सकिएको ११ महिना बित्दासमेत नतिजा नआएको पनिकाका प्रशासनप्रमुख शम्भु रेग्मीले जनाए।
रेग्मीका अनुसार कानुनतर्फको एलएलबी द्वितीय वर्ष र मानविकीतर्फको स्नातकोत्तर द्वितीय वर्षको १० विषयको नतिजा प्रकाशन हुन सकेको छैन। यी संकाय र तहको पनि परिक्षा सकिएको करिब एक वर्ष पुग्नै लागेको छ। नतिजा कहिले आउँछ भन्ने अझै निश्चित नभएकोमा विद्यार्थी चिन्तित छन्।
गत वर्ष साउनमा भएको स्नातकोत्तर दोस्रो वर्षको विज्ञान र मानविकीका केही विषयको नतिजा असार तेस्रो साता प्रकाशित भएको छ। 'परीक्षा सकिएको ११ महिनामा नतिजा आउनु गाउँबाट सहर पढ्न आउनेका लागि आर्थिक र मानसिक समस्या नै बन्छ,' महेन्द्ररत्न कलेज ताहाचलकी छात्रा खतिवडाले भनिन्। 'समय बढी लाग्दा घरपरिवारले नानाथरी शंका गर्छन्,' उनले भनिन्, 'काठमाडौंमा बसेर पढ्न महिनाको १० हजार लाग्छ। घरपरिवारलाई सम्झाउनै गाह्रो।'
रत्नराज्यलक्ष्मी क्याम्पसकी छात्रा सम्झना बस्नेतले नतिजा ढिलाइकै कारण क्षमता हुँदा पनि अवसर गुमाउनुपरेको सुनाइन्।
'मसँग पानी शुद्धीकरणबारे दुई वर्षको अनुभव थियो। स्नातक पास भएको प्रमाणपत्र नहुँदा एक साताअघि वाटर एड नेपालले माग गरेको विज्ञापनमा आवेदन दिन सकिनँ,' सम्झनाले नागरिकसँग भनिन्, 'प्लस टु कलेजमा शिक्षक माग गरेको ठाउँमा पनि प्रमाणपत्र नभएकै कारण बाहिरिएँ।'
परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्न नसक्नुलाई क्याम्पसप्रमुखहरुले पनिकाका कर्मचारीको गैरजिम्मेवारी बताउँछन्।
रत्नराज्यलक्ष्मीका प्रमुख रुद्रप्रसाद पौडेलका अनुसार पनिकाका कर्मचारीमा विद्यार्थीप्रति उत्तरदायित्वबोध नभएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
'परीक्षा सकिएको दुई दिनभित्र सबै ठाउँको उत्तरपुस्तिका केन्द्रमा आइपुग्छ,' प्रमुख पौडेलले भने, 'उत्तरपुस्तिकालाई कुनै पनि आन्दोलन या बन्दले रोक्दैन।' उनले थपे, 'पनिकाले आफ्ना कर्मचारीलाई दुरुस्त बनाउने र उत्तरपुस्तिका जाँच गरी ढिला बुझाउनेलाई व्यवस्थापन गर्ने हो भने समयमै नतिजा प्रकाशन हुन्छ।'
परीक्षानियन्त्रक दयामान कर्माचार्यले त्रिविमा विद्यार्थी संख्या बढ्दै जानु, कर्मचारी पदपूर्ति समयमा नहुनु र भएकै सीमित कर्मचारीबाट काम गराउनुपर्दा अप्ठेरो परेको उनले बताए। 'बन्दहडतालले पनि धेरै उत्तरपुस्तिका समयमा प्राप्त हुन सकेन,' नियन्त्रक कर्माचार्यले भने, 'विराटनगर, पोखरा, नेपालगन्ज र केन्द्रमा गरी पाँच सहनियन्त्रक पद खाली छ। क्षेत्रीय सहनियन्त्रक नभएपछि समयमा काम गर्न अप्ठ्यारो भएको हो।'
पनिकामा आठ सहनियन्त्रकको दरबन्दी रहे पनि २ महिनादेखि ५ दरबन्दी खाली छ।
व्यवस्थापकीय कमजोरीले नतिजा समयमा सार्वजनिक गर्न नसकेको त्रिविका अधिकारी सकार्छन्। विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले भने, 'परीक्षातर्फ केन्द्र र क्षेत्रीय स्तरमा सूचना प्रविधितर्फ दक्ष जनशक्ति अभाव छ, सीमित स्रोतसाधनले देशभरिका उत्तरपुस्तिका केन्द्रमा ल्याई परीक्षण गर्नुपर्ने भएकाले समयमा नतिजा प्रकाशन हुन नसकेको हो।'
शैक्षिक क्यालेन्डर लागू गर्न नसक्नु त्रिविकै व्यवस्थापन समस्या देखिएको उनको ठहर छ। 'आगामी शैक्षिक सत्रदेखि परीक्षा सकिएको छ महिनाभित्र नतिजा प्रकाशन गर्न विश्वविद्यालयले नयाँ योजना ल्याएको छ,' उनले भने, 'क्षेत्रीय स्तरमै कापी संकलन र जाँच गर्ने, प्रमाणपत्र र ट्रान्सक्रिप्ट उपलब्ध गराउने त्रिविले दक्ष प्राविधिक व्यवस्था गर्दैछ।'