लेख्ने बानीले दाम्पत्य सम्बन्ध दह्रो
![]() |
वैवाहिक जिवन तथा सम्बन्धका विषयमा नियमित रुपमा डायरी लेख्ने दम्पतीहरुको दाम्पत्य जिवन सुखमय हुनुका साथै सम्बन्ध पनि दरिलो हुने एक अध्ययनले देखाएको छ ।
अमेरिकी शोधकर्ताहरुका अनुसार जो श्रीमान श्रीमती आफुहरुको विवाहपछिको जिन्दगी तथा विभिन्न घटनाक्रमहरुका बारेमा नियमित रुपमा टिपोट गरी डायरी लेख्ने गर्छन् उनीहरुको प्रेम तथा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टीको मात्रा घट्न पाउँदैन ।
नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार सामान्यतया विवाहपछि समयक्रमसँगै महिला वा पुरुषमा पार्टनर अर्थात् सम्बन्धबाट प्राप्त हुने सन्तुष्टी घट्दै जान्छ । जसले नैराश्यता, असन्तुष्टी बढाउँदै दाम्पत्य जिवनलाई निरस तथा फुटको अवस्थासम्म पूराउँछ ।
तर नियमित आफ्नो जिन्दगी तथा वैवाहिक जिवनका विषयमा दैनिकी लेख्ने कामले सम्बन्ध तथा रोमान्स रिचार्ज गर्ने र समयक्रमसँगै घट्ने सन्तुष्टी तथा खुसीलाई घट्न नदिने शोधकर्ताहरु बताउँछन् ।
वर्षमा कम्तिमा २१ मिनेटसम्म भएपछि दाम्पत्य जिवन तथा पार्टनरसँगको सम्बन्धका विषयमा डायरी लेख्न खर्च गरियो भने त्यसले प्रेमको अनुभुतिलाई यथावत राख्दै घट्न नदिने शोधकर्ताहरुको ठहर छ ।
शोधकर्ताहरुले १२० दम्पतीहरुमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । त्यसक्रममा सम्बन्ध तथा जिवनका बारेमा डायरी लेख्ने दम्पतीहरुमा सन्तुष्टी तथा आत्मीयताको स्तर नघटेको पाइयो ।
![]() |