मंगल ग्रहमा गएको क्यूरियोसिटीले रहस्यमय वस्तु भेटायो



लण्डन, माघ २७, मंगल ग्रहमा गएको नासाको अन्तरिक्ष यान क्यूरियोसिटी रोवरले त्याहाँ एक रहस्यमय धातु फेला पारेको छ । यो धातु मंगलको सतहमा रहेको चट्टानमा फेला परेको थियो । 
समाचार पत्र ‘डेली मेल’ का अनुसार क्यूरियोसिटीले आफ्नो क्यामराले उक्त धातुको तस्वीरहरू लिएको छ । यस धातुको संरचना औला जस्तै रहेको छ, जुन मंगलको सतह भन्दा बाहिर निक्लिएको छ । उक्त वस्तुको तल चट्टानमा यसको छायाँ देखिएको छ ।  
वैज्ञानिकहरूले चट्टानहरूका बीचमा यो सानो, चमकदार वस्तु आफ्नो परिवेशको वस्तुहरू क्षय भएपछि बनेको हुन सक्ने अनुमान गरेका छन् ।  एक रिपोर्टका अनुसार यो वस्तु ०.५ सेन्टीमीटर अथवा यसभन्दा पनि कम हुन सक्ने बताइएको छ ।
क्यूरियोसिटीले यस रहस्यमय वस्तुको तस्वीर गत ३० जनावरीका दिन लिइएको थियो, यस पछि यसको तस्वीर नासामा पठाएको थियो ।