लागूऔषध प्रयोगको आरोपमा गायक सुगम पोखरेल पक्राउ
![]() |
२६ माघ, काठमाडौं । लागूऔषध प्रयोग गरेको अभियोगमा पप गायक सुगम पोखरेल पक्राउ परेका छन् ।
उनीसहितका ७ जनालाई सेतोपुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । ‘उनीसँग लागू औषध भेटिएको छैन’ लागूऔषध नियन्त्रण इकाई बानेश्वरका डीएपी केदार साउदले अनलाइनखबरसँग भन्नुभयो-’अनुसन्धान जारी छ ।’
प्रहरी प्रवक्ता केशव अधिकारीले लागूऔषध सेवन गर्नेहरुको अखडामा छापा मार्दा केही पक्राउ गरेको र त्यसमा सुगम पनि रहेको बताउनु भयो । ‘सूचनाका आधारमा बानेश्वर एकाईले एक अखडामा छापा मारेको छ’ उहाँले भन्नुभयो-’यसबारे छानविन भइरहेको छ ।’ उहाँले लागूऔषध सेवन गरेको भेटिएकाहरुलाई कारवाही चलाइने र सेवन गरेको नभेटिएकाहरुलाई सोधपुछ गरि छाडिने बताउनु भयो ।
![]() |