जेली खाएपछि विद्यार्थी बिरामी


रुबी रौनियार, काठमाडौं, माघ २४- जेली खाएर एक विद्यालयका चार बालबालिका बिरामी परेका छन्। ललितपुरको बालकुमारीस्थित हिन्दू विद्यापिठको ५ कक्षामा पढ्ने नितिश थापामगरले ल्याएको चाइनिज जेली खाएर उनीसहितका साथीहरु बिरामी भएको स्कुल प्रशासनले दबी गरेको छ।  

  
नितिशले एक रुपियामा पर्ने ग्रेप लेखिएको जेली चार प्याकेट स्कुलको लन्च समयमा साथीसँग मिलेर खाएका थिए। बिरामी पर्नेमा उनीसँगै सतिश कारन्जित, रवीन श्रेष्ठ र विमर्श थापा रहेका छन्।

उनीहरु नसालु पद्धार्थमा लट्ठिएझैं सुस्त भएको र उनीहरुको ब्यवहारमा परिवर्तन देखेपछि स्कुल प्रशासकले अभिभावक बोलाएको थियो।