काठमाडौंका प्रजिअलाई अदालत उपस्थित हुन आदेश
|
काठमाडौं, माघ २५- पुनरावेदन अदालत पाटनले निलहिरा समाजको नवीकरण रोक्नाको कारणसहित उपस्थित हुन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ। पुनरावेदन अदालतले आगामी आइतबार संस्थाको नवीकरण रोक्नाको कारणसहित उपस्थित हुन आज प्रजिअ चूडामणि शर्मालाई आदेश दिएको हो।
जिप्रकाले संस्थाको नवीकरण रोक्दा समलिङ्गी र तेस्रोलिङ्गीको भविष्य अन्योलमा परेको भन्दै समाजले बुधबार अदालतमा पत्र दर्ता गराएको थियो। रासस
|



