बिस्तारित सडक गुणस्तहीन


काठमाडौ, फाल्गुन ८ - राजधानीको बिस्तारित सडकमा गरेको गुणस्तहन देखिएको छ । सडक भत्काए पनि पीच गर्न ढिलाई भएको भन्दै स्थानीयले बिरोध गरेको थियो ।
राजधानीबासीको दबाब संगै पीच भएको सडक खाडल पर्न थालेको छ । दुई महिनाअघि पीच भएको राजधानीको कृष्णपाउरोटीदेखि मैतिदेवी निस्कने सडकमा पीच उप्केको छ । सरका निकायले भने उक्त पीच स्थानीयले उप्काएको आरोप लगाएको छ । कमसल पीच भएकै कारण उप्केको स्थानीयले बताएका छन् । 'पीच गरेको दुई महिना नपुग्दै पीच उप्केको हो,'स्थानीयबासी रामेश्वर कार्कीले भने उप्केको पीच देखाउदै भने,'सडक बिस्तारको नाममा करडौं बजेट छुट्याएपनि कमिसनतन्त्रले कमसल बनेको यही सडक हेरे हुन्छ ।'
सडकको बीचमा रहेको ढलको फलामको ढकन राखिएको छ । ढकन राखिएको सबैजसो ठाउमा पीच उप्कन सुरु भएको छ । त्यस मध्ये एउटा धेरै उप्किएको छ । 'पीच कमसल होइन,'उपत्यका सडक बिस्तार आयोजना प्रमुख श्याम खरेलले भने,'घरबाट गएको ढल जाम भएको भन्दै स्थानीयले भत्काई दिएको हो ।' यस्तो समस्या भगवती बाहाल मन्दिर आसापसमा पनि रहेको उनले बताए । पुरानो लोकसेवा ज्ञानेश्वर ओरालोदखि मैतीदेवीसम्मको एक किलोमिटर सडक बिस्तारित सडक मध्ये पहिलो पीच हो । सडक पीच गर्दा खानेपानीको लिगेज भएको । विद्युतको पोल सार्नु पर्ने ठाउमा पीच त्यतिकै छाडेको छ । त्यतिकै ठाउको ठाउबाट पनि नयाँ पीच उप्कन थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदो कार्यालयका सचिव कृष्णहरि वास्कोटाले सडक विस्तारको कार्यमा उल्लेख्य प्रगति भएको वताएका छन् ।
बास्कोटाको नेतृत्वमा माघ दोस्रो साता तेस्रो पटकको अनुगममा करिब आठ किलोमिटर सडक मात्रै पीच भएको पाइएको थियो । सचिव वास्कोटाका अनुसार डिल्लीवजारदेखि भाटभटेनी हुदै भैरवनाथ गण, कमलपोखदेखि मैतीदेवी मोड, गैह्रीधारा वालुवाटा, चावहिल चोक, अनामनगरदेखि कालिकास्थान, नानीगंज गैह्रीधारा लगायतको स्थान पीच भएको छ ।
उपत्यकका सडक विस्तार उच्चस्तय अनुगमन समितिका  संयोजक समेत रहेका वास्कोटाको नेतृत्वमा स्थलगत निक्षण गर्दा गुणस्तयता कायम राख्न निर्देशन दिएका थिए ।
सडक बिस्तारका लागि सरकारले करिब एक अर्ब रुपैया बजेट समेत विनियोजन गरेको छ । उपत्यको सडक बिस्तारमा ढिलाई भएको भन्दै स्थानीयले बिरोध समेत गर्ने गरेका छन् ।