टयाटु-हेपाटाइटिस हुन्छ सम्बन्ध
![]() |
हामीमध्ये केहीले शरीरको कुनै अंगमा वा शरीरैभरि टयाटु खोपाएका छौं । कुनै समय बनाउने चाहना पनि गरिरहेका हुन सक्छौं । कुनै विषयमा अँध्यारो र उज्यालो पक्ष दुइटै हुन्छ भनेझैं टयाटुका गुणदोष दुवै छन् । टयाटु र कलेजोको भयंकर रोग हेपाटाईटिसबीच गहिरो सम्बन्ध हुने रहेछ । हेपाटाइटिस कलेजोको क्यान्सरको ठुलो कारक समेत हो ।
टयाटु र हेपाटाइटिसबीचको यस्तो गम्भीर सम्बन्ध हुने कुरो अमेरिकी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् । मेडिकल जर्नल हेपाटोलोजीमा अनुसन्धानमा भनिए अनुसार, हेपाटाइटिसको विषाणु रगतको माध्यमले मानव शरीरमा बढी फैलिन्छ । स्मरणीय छ, टयाटु खोपाउँदा रगत ननिक्लिने भन्ने हुन्न । यसको अर्थ, शरीरलाई चित्रमय बनाउँदा हेपाटाइटिस जस्तो डरलाग्दो रोग लाग्ने खतरा पनि बढी हुन्छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, अमेरिकामा करिव ३२ लाख व्यक्ति हेपाटाइटिसले पिडित छन् । यो अनुसन्धानलाई न्युयोर्क विश्वविद्यालयको लेगोन मेडिकल सेन्टरका वैज्ञानिक पिट्रज फ्रेकोइस नेतृत्वको टोलीले गरेको हो । टोलीले न्युयोर्कका तीन वटा अस्पतालमा यस्ता दुई सय रोगीमाथि अनुसन्धान गर्यो जसले टयाटु बनाएका थिए र उनीहरू हेपाटाइटिस 'सी' ले पीडित थिए । फ्रेकोइस भन्छन्, 'हाम्रो अनुसन्धानमा, टयाटु गराउने ३४ प्रतिसतमा हेपाटाइटिस पाइयो । टयाटु नबनाएकाहरूमा भने १२ प्रतिशतमा यो रोग पाइयो ।'
![]() |