एकै सिजनमा २ पटक सगरमाथा चढ्ने छुरिमलाई गिनिज रेकर्ड



काठमाडौं, फागुन १४ (एएफपी) - गिनिज वर्ल्ड रेकर्डले छुरिम शेर्पालाई एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला भएको घोषणा गरेको छ। सोमबार उनलाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ। ८ हजार ८ सय ४८ मिटर उचाईको सर्वोच्च शिखरमा उनी गत मे १२ मा पुगेकी थिइन्।
-->


 त्यसलगत्तै सगरमाथा आधार सिविर फर्केकी उनी एक सातापछि नै चुचुरोमा पुगेकी थिइन्।

'यो पहिचानले मलाई खुशी तुल्याएको छ। यो उपाधी नेपाली महिलाको हातमा नै हुनुपर्छ भन्नेमा म प्रतिवद्ध थिएँ र यसमा गौरव गर्छु,' २९ वर्षीय उनले भनिन्।
सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङ ल्हामु शेर्पाको सन् १९९३ मा आरोहणपछि ओर्लनेक्रममा मृत्यु भएको थियो।