लुट्ने अनौठो तरिका
![]() |
काठमाडौ, माघ २५ - कमलपोखरी स्थित सिटी सेन्टरमा सामान किन्न लागेका दरबारमार्गका उद्धब श्रेष्ठ र उनका दुई साथीलाई कसैले बोलायो । 'हामी प्रहरी हौं, तपाईहरुसंग केहि सोधपुछ गर्नुछ, हामीसंग हिड्नुहोस,' एक समुहले भन्यो । आफूलाई प्रहरी बताउनेले त्यसो भनेपछि उनीहरू सँगै गए । उक्त समूहले उनीहरुलाई बाहिर रोकिराखेको ट्याक्सीमा लिएर गए ।
उनीहरूलाई प्रहरी कार्यालय लैजाने भनिएको थियो, तर ट्याक्सीलाई टेकुको बाग्मती खोला करिडोरमा पुर्याए । त्यहाँ पुगेपछि उनीहरूले रगत भरिएको सिरिञ्ज देखाउँदै मोबाइल र नगद मागे । 'आफुहरु एचआइभि संक्रमित भएको र नगद, मोबाइल नदिए सिरिञ्ज लगाएर एचआइभि सारिदिने' भन्दै धम्क्याइपछि उनीहरुले भएका मोबाइल, नगद दिए । लुटेराले उनीहरुले लगाएको ज्याकेट समेत खोसे । लुटिनेमा श्रेष्ठका साथी सुजन राजभण्डारी र अभिशेक बिष्ट हुन् ।
यस्तै घटना ललितपुरको कुमारीपाटीमा पनि भयो । त्यहाँ पनि ३ जनालाई आफुहरु केन्दि्रय अनुसन्धान ब्युरोबाट आएको भन्दै ट्याक्सीमा राखेर त्यहि टेकुको खोला किनारमा लगेर उही बिधी अपनाउूदै लुटीएको थियो । लुटिनेमा ललितपुर कुसुन्तीका मोहन सिजापती, चापागाउूका शितल शर्मा र एकान्तकुनाका अभिशेक केसी हुन् ।
प्रहरीले त्यसरी लुटपाट गर्दै हिड्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुलेश्वरका सुरज गिरी, संतुगलका बाबु लामा र मोहन श्रेष्ठ छन् । उनीहरुले लागु औषध प्रयोग गर्न नक्कली प्रहरी बनेर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी सुरेन्द्र मैनालीका अनुसार उनीहरुले लामो समयदेखी बिभिन्न ब्यापारीक मल तिर गएर राम्रो मोबाइल, ल्यापटप जस्ता सामान बोक्नेमाथि निगरानी गरि प्रहरी हौं भन्दै लुट्ने गरेका थिए ।
'सामान्य मान्छेलाई सादा पोशाकमा आएर प्रहरी हौं भनेपछि उनीहरुसंगै जाने नै भए' मैनालीले भने 'एकान्त स्थानमा लगेर एचआइभिको त्रास देखाएर लुट्ने गरेको पाइयो ।' यससम्बन्धी उजुरी आएपछि प्रहरीले उनीहरुको खेाजी सुरु गरेको थियो । महानगरीय प्रहरी प्रभाग कमलपोखरीबाट खटिएको प्रहरीले गिरीलाई पक्रेको थियो । गिरीको बयानका आधारमा उनीसंग मिलेमतो गरि लुटपाट गर्ने २ जनालाई लागु औषध सहित पक्रेको छ । पक्राउ परेका उनीहरुको साथबाट नुर्पिmन ५० थान, डाइजपाम १ ,सय थान, फेनार्गन १ सय थान लगायत अन्य लागु औषध र लुटिएका सामानहरु बरामद गरेको छ ।
![]() |