अपडेट: बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, २९ को सनाखत
![]() |
बिजय चालिसे
२८ पुस, डोटी । डोटीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । १३ जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको टीकापुरका लागि छुटेको कर्णाली रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी छतीवन गाबिसको रुपसकाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने ३१ मध्ये २९ जनाको सनाखत भएको छ । सनाखत हुनेमा कैलालीको भजनीका उज्जवल बुढा, चालक भजनीकै मख्खुराम चौधरी, सहचालक गणेश चौधरी, कैलालि गद्धरीया ९ का सुरेश चौधरी रहेका छन् । यस्तै अछामको देवीस्थान ६ का हंश बाहिनी माविका प्रधानाध्यापक २८ बर्षिय कृष्ण खड्का, अछाम बैजनाथ ३ का शिक्षक युनियनका जिल्ला उपाध्यक्ष पवनदेवी शाह र कैलालीको धनगढी नगरपालिका ५ हसनपुर घर भएका जिल्ला शिक्षा कार्यालयका गगन थापा हुनुहुन्छ ।
त्यस्तै सरस्वती उच्च माविका शिक्षक वर्ष ३५ का नरभुपाल शाह, अछामको सिद्धेश्वर गाविसका टंक बुढा, बिमल बुढा, कालागाँउका बहादुर सोडारी, गाजराका पशुपति ठकुल्ला, उनकी छोरी रोशनी ठकुल्ला र बहिनी कला ठकुल्ला रहेको प्रहरीले बताएको छ । यस्तै रामारोशन २ का शेर बहादुर साउँद, दर्नाका तपेन्द्र ठकुल्ला र जयगढ स्वास्थ्य चौकी ईन्चार्ज करिब ४० वर्षका तुलाराम गिरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै अछाम मलातिकोटका देवानन्द खनाल, सोही ठाउँका रमिला शाह, मंगलसेनका चन्द्रदेव रेग्मी, सिद्धेश्वरका विमल बुढा, दर्नाका खडक ठकुल्ला सोही ठाउँका भरत ठकुल्ला, चक्र ठकुल्ला, कम्मान ठकुल्ला, देवानन्द खनाल, कम्मानसिंह रावल, चाफामाण्डौ मुजाबगरकी कमला रावल, रंगीदेवी रावल र रुपबहादुर रावल रहेका छन् । अन्यको भने सनाखत हुन नसकेको सहायक निरिक्षक नरबहादुर ऐरले जानकारी दिनुभयो । कणर्ाली रिभर साईड यातायातको ना ४ ख ३६०३ नम्बरको बस बिहान २ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १३ मध्ये ८ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेको छ । सडकमा परेको तुसारोमा चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।