बन्द हुने भो याहूको पब्लिक च्याट रुम
|
तपाई मध्ये धेरैले याहू पब्लिक च्याटमा
नयाँ नयाँ साथी बनाउनु भएको होला । तर, अब याहूको यो सेवा स्थायी रुपमा
बन्द हुने भएको छ । याहूको ‘च्याट रुम’ सन् २००५ मा विवादमा आएको थियो ।
सेक्स
सम्वन्धी अवैध च्याट हुन थालेको भन्दै कम्पनीले विज्ञापन दिन बन्द गरेपछि
विवाद सुरु भएको थियो । याहूले भने प्रयोगकर्ताहरुलाई पयाप्त लाभ दिन
नसकिएकाले पब्लिक च्याट बन्द गर्न लागिएको बताएको छ । साहूको च्याट रुम १४
डिसेम्बरमा गायब हुनेछ भने यससँग सम्वन्धित केही फिचर आगामी जनवरी
अन्त्यसम्ममा हटाइनेछ ।
याहू म्यासेन्जर सन् १९९८ मा लन्च भएको हो
। तर, २००५ मा विवादमा तानिएको थियो । त्यसपद्धि केही पब्लिक च्याट रुम
बन्द गरिएको थियो । बन्द गरिएको च्याट रुपमा एक १३ वषिर्या युवती पनि थिइन्
।–एजेन्सीको सहयोगमा
|




