सधैं एकै समय उठ्ने गरौं
|
लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धान अनुसार, यो अभ्यासले शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्छ र समस्या बढाउँछ । एक हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ । थप केही घन्टा सुत्नका लागि ओछ्यानमा ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहुँ बिहान एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रत व्यक्तिहरू आफ्ना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।
|




